धादिङ ।
मानिसले गर्न चाहेभने जे पनि गर्न सकिन्छ भन्ने उदाहरण गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानका शिभ भण्डारीले उदाहरण देखाइदिएका छन् । विगतमा साना किसानहरु भेला गेर संगठित गर्दै सहकारी बनाउन योगदान गर्नुभएका शिव भण्डारीको महेशदोभानमा रहेको सानो घरको छतमा गत वर्षदेखि ड्रागनफ्रुट फल्न थालेको छ ।
फालिएका भाडा, स-साना बाल्टी, विग्रिएका पानी राख्ने भाँडा आदी प्रयोग गरेर ५० ओटा भाँडामा राखिएका ड्रागनफ्रुट फस्टाएको छ । यसले चाहिने मल र खानेकुरा दिन सकेभने साना भाडाँमा समेत छतमा राखेर फलाउन सकिने भएकोले यसलाई आफूले साथीको रुपमा फलाउन सफल भएको भण्डारीले बताएका छन् ।
केहीवर्ष अघि नवलपरासीबाट ३ ओटा विरुवा ल्याएर सुरु गरेको छतमा ड्रागनफूट खेतीले अहिले उदाहरणको रुप लिएपछि स्थानीय र जिल्ला बाहिरबाट समेत हेर्न आउने गरेका छन् । पृथ्वीराजमार्गको छेउमा भएकोले सवारी साधन रोकिएको समयमा समेत मानिसहरु आएर हेर्ने र खेतीगर्ने तरिका सोधखोज गर्ने गरेको पाइन्छ । कयोँ सवारी साधनचालकले समेत यस क्षेत्रमा झर्ने मानिसलाई समेत ड्रागनफ्रुट खेती गर्ने मानिसको घरको बारेमा सोधखोज गर्ने गरेको पाइन्छ ।
स्वास्थ्यका लागि राम्रो मानिएको ड्रागनफ्रुट विक्रिका लागि बजार समेत सजिलै पाइने भएपछि धेरैले चाहना भएपछि खेती गरेर आम्दानी लिन सकिने भण्डारीले बताए । गत वर्ष थोरै फलेको ड्रागनफ्रुट यस वर्षको सिजनमा भण्डारीले ११ हजारको विक्रि गरेको जानकारी दिए । ड्रागनफ्रुट विक्रिका लागि बजार समेत सजिलै पाइने गरेको छ ।
ड्रागनफ्रुट तातो र घाम चाहिन्छ । सुख्खा भएपनि निरन्तर थोरै थोरै पानी दिइरहनु पर्छ माटोमा विरुवाहरुलाई चाहिने पोषकतत्व भएपछि फल्नेर राम्रो फल दिने गरेको जानकारी लिएर आफूले खेती गरिरहेको भडारीले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।