धादिङ ।
स्व मनोज श्रेष्ठ स्मृति कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधी नीलकण्ठ नगरपालिकाले उचालेको छ ।
शनिबार भएको नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिका बीचको फाइनल खेलमा नीलकण्ठले सिद्धलेकलाई २५–१७, २१–२५, २५–१९ र २५–१० को सेटमा पारजित गरेको आयोजक जिल्ला भलिबल संघका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो । प्रतिस्र्धात्कम प्रतियोगितामा सिद्धलेक गाउँपालिका द्वितिय भयो ।
जिल्लाका १३ पालिका मध्ये ८ पालिका सहभागि भएको स्व मनोज श्रेष्ठको स्मृतिमा संचालित भलिबल प्रतियोगितामा बेनिघाटरोराङ गाउँपालिका र ज्वालामूखी गाउँपालिका तृतिय भएका छन् । प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने टिमलाई
प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५, द्वितिय हुने टिमले ३० हजार ३ सय ३० र तृतिय हुने टिमले १५-१५ हजार नगद तथा ट्रफी, मेडल समेत पाएको छ । प्रतियोगिता मंसिर ६ गतेदेखि धादिङबेसीमा संचालन भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।