०७ असोज , काठमाडौँ – स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । २ नम्बर प्रदेश अन्तर्गत तराईका ८ जिल्लामा भएको निर्वाको १०६ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १९ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् ।
त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।