धादिङ ।
महिला मानवअधिकार रक्षकहरुको साझा संस्था महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको अध्यक्षमा खीलकुमारी पोखरेल निर्वाचित भएकी छन्। संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षतामा भएको अधिवेशनले १३ सदस्सीय जिल्ला सञ्जाल निर्वाचित गरेको छ ।
सञ्जालको उपाध्यक्षमा दुर्गा अधिकारी, सचिवमा ज्ञानु कँडेल सहसचिव रबिना पौडेल, कोषाध्यक्षमा सुशीला भण्डारी र सदस्यहरुमा भगवती अर्याल, उर्मिला श्रेष्ठ, हरी मायाँ शाही, सिता रजिाल, स्नेहा श्रेष्ठ, शान्ता रुपाखेती, राधिका सापकोटा, आरती शाह निर्वाचित भएका छन् ।
सामाजिक न्याय, महिला मानवअधिकारको पूर्ण प्रत्याभूति, लैंगिक समानताका लागि निर्वाचित कार्यसमितिले काम गर्ने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।