नारायण भण्डारी ,
असोज ७, बर्दघाट । दौतरी एफ एम १०५.८ मेगाहर्जले आफ्नो बार्षिक उत्सवको अवसरमा स्वच्छ बाताबरण स्वस्थ सहर सुन्दर समाज सवैको रहर भन्ने नाराका साथ आज भुताहा बजार सरसफाई कार्यक्र सम्पन्न गरेको छ । एफ एमले पहिलो बर्ष पार गरी दोश्रो बर्षमा प्रवेस गरेको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । आज भएको सरसफाई कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष चन्द्रकान्त चापागाई प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । सरसफाई कार्यक्रम सुरु हुनु पुर्व आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै वडा अध्यक्ष चापागाईले दौतरीले गरेको सामाजीक कामको सराहाना गर्दै सहि रुपमा फोहोर ब्यबस्थापन हुन नसकेको भुताहा बजारलाईनै आफ्नो रोजाईमा पारेर सरसफाई कार्यक्रमको आयोजना गरेकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
साथै समाजमा हुने गरेका हरेक क्रियाकलापलाई प्राथमिताका साथ संचार माध्यमले स्थान दिदै समाज परिवर्तनका लागि आफ्नो भुमिका निर्बाह गर्न अनुरोध समेत गर्नुभएको छ । त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथिको रुपमा रहनुभएका बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक टेक बहादुर रावतले विपदका बेला दौतरीले गरेको राहात वितरण तथा सामुहिक भोजन कार्यक्रमको सरहाना गर्दै मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको बाताबरणिय सरसफाईको क्षेत्रमा पनी आफ्नो पाईला अगाडि बढाएकोमा अभियानको सफलताको कामना गर्नुभएको थियो ।
दौतरी एफ एमका अध्यक्ष गणेश पाण्डेले हरेक सुख दुखमा दौतरी नागरिकहरुकै साथमा रहने र बाताबरण स्वस्थ राख्न सवै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सरसफाई कार्यक्रममा सहयोगी यूथ , विईङ स्टुडेण्ट सहभागि भएका थिए । सरसफाईमा खटिएको समुहले भुताहा बजार क्षेत्र को सरसफाई गर्दै ब्यापारी तथा घर धनी हरुलाई फोहोरको उचित ब्यबस्थापन गर्न र बजार क्षेत्रमा फोहोर नगर्नका लागि अनुरोध समेत गरेको थियो । यस अघि बार्षिक उत्सवकै अवसरमा आभारभुत विद्यालयको जिल्ला स्तरिय प्राकृतिक प्रकोप विषयक जिल्ला स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न गरिसकेको छ ।