रौतहट।
रौतहटको गरुडा नगरपालिका दुई युवकको नदीमा नुहाउन क्रममा डुबेर आज मृत्यु भएको छ । रौतहटको गरूडा नगरपालिका २ गेडहीगुठि स्थित लमाहा खोलामा नुहाउने क्रममा सोही स्थान निवासी १८ वर्षीय जितेन्द्र साह र अर्का १८ वर्षीय राजीव साहको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
नुहाउने क्रममा बेपता भएका उनीहरुको उद्धारमा सुरक्षा बेस दुधियाभारबाट शसस्त्र प्रहरीको टोली खटेको थियो । दुवै जनालाई अचेत अवस्थामा पानीबाट उद्धार गरी एम्बुलेन्समा राखी स्थानीय अस्पताल गरुडामा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।