काठमाडौँ।
राजु दर्शनको अध्यक्षतामा १३ सदस्यीय बागमती प्रदेश सुटिङ संघ, तदर्थ समिति गठन गरिएको छ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, नेपाल सुटिङ संघका पदाधिकारी, खेलाडीलगायतको उपस्थितिमा संघ गठन गरिएको नेपाल सुटिङ संघका महासचिव प्रदिप खातीले जनाएका छन् ।
संघको उपाध्यक्षमा प्रविन्द्र बस्नेत र एसके थपलिया, सचिवमा उपेन्द्र थापा र कोषाध्यक्षमा विवेश खडेका रहेका छन् । सकुन्तला श्रेष्ठ, कृष्ण घोरासैनी, हरिबहादुर थापा, सरस्वती बानियाँ, दिपक थापा, सुदन खड्का, करि योञ्जन र टीकाराम श्रेष्ठ सदस्यमा चयन भए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।