
रामेछाप ।
रामेछाप प्रहरीले भरुवा बन्दुकको नाल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाडाँदेबि गाउँपालिका १ कुलेडाँडाका ५४ वर्षका नन्दलाल श्रेष्ठ रहेका छन् ।
उनले आफ्नो घरमा ३ थान एक नाले बन्दुक र १ सय २५ ग्राम बारुद जस्तो देखिने धुलो राखेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई प्रहरीले बिहीबार २ः३० मा उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाई हात हतियार तथा खरखजाना शीर्षकमा मुद्दा दायर गरी जिल्ला अदालत रामेछापबाट म्याद थप गरेर थप अनुसन्धान भई रहेको रामेछाप प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।