
काठमाडौं ।
सर्वोच्च अदालतको फूलकोर्टको बैठकले नियमित प्रक्रिया अनुसार १५ वर्ष लगातार अदालतमा कानुनविद्का रूपमा कार्यरत अधिवक्तालाई वरिष्ठ अधिवक्तामा श्रीवृद्धि गर्ने प्रक्रिया अनुसार अधिवक्ता राजु खड्का वरिष्ठ अधिवक्तामा श्रीवृद्धि भएका छन् ।
कानुन व्यवसायी राजु खड्का सहित १५९ जना अधिवक्ताहरूलाई यही मङ्सिर २२ गते वरिष्ठ अधिवक्ता उपाधिको प्रमाणपत्र सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले प्रदान गरेका थिए ।
सर्वोच्चको कानुनी व्यवस्था अनुसार १५ वर्ष देखि नियमित कानुनी सेवा प्रदान गरेका वा २५ वर्ष सेवा गरेका अधिवक्ताहरू मध्येबाट प्रक्रिया पुरा भई अदालतको नियम पालना लगायत भोलीका दिनमा कानुनको पालना गर्ने योग्यता र क्षमताको कदर गर्दै वरिष्ठ अधिवक्ताको लागि फूलकोर्टको बैठकले छनोट गर्ने प्रक्रिया रहेको छ ।
सोही अनुरूप २०८१ असोज १० गते बसेको फूलकोर्टले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको लागि योग्य भएको निर्णय गरेको थियो । सोही अनुरूप मङ्सिर २२ गते वरिष्ठ अधिवक्तामा श्रीवृद्धि भएको प्रमाणपत्र एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको हो ।
श्रीवृद्धि भई वरिष्ठ अधिवक्ता भएका राजु खड्का २०७५ सालमा सर्वोच्च अदालत बार एसोसिएसनका उपाध्यक्ष थिए। बारका पूर्व उपाध्यक्ष खड्का विगत ३० वर्ष देखि कानुन व्यवसायीका रूपमा कार्यरत छन्। काठमाडौंबाटै कानुनविदका रूपमा पेसा अँगालेका खड्का वकालतको सिलसिलामा सातै प्रदेशमा पुगी सकेको बताउँछन् ।
मिजासिलो स्वभावका खड्का भन्छन्, ‘यो नियमित प्रक्रिया हो । अधिवक्ताको श्रीवृद्धि हुने भनेको वरिष्ठ अधिवक्ता नै उच्च तह हो ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।