काठमाडौं ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दिवसको अवसरमा काठमाडौंको माइतीघरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा नेपाल प्रहरी, भ्रष्टाचार विरोधी अभियन्ताहरु सहभागी छन् ।
संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा दिवस मनाउन थालिएको हो।

भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार रोकिएको छैन । नेपालमा भ्रष्टाचारका नयाँनयाँ रुपहरु देखिँदै आएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई)मा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको सूचीमा छ। सिपिआईमा नेपाल ३५ अङ्कसहित एक सय आठौं स्थानमा छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।