ललितपुर ।
ललितपुर महानगरपालिका उद्योग पर्यटन समिति तथा ज्यापू समाज यलको आयोजनामा विहीबार पाटन दरबार क्षेत्रमा योमरी प्रदर्शनी गरिएको छ ।
धान्य पूर्णिमाको अवसरमा प्रदर्शन गरिएको सो प्रदर्शनीको समितिका संयोजक तथा ललितपुर महानगरपालिका वडा नं ५ का अध्यक्ष समेत रहेका विकासमान श्रेष्ठले योमरीको पुजा तथा चटामरी पकाएर प्रदर्शनीको शुभारम्भ गरेका छन् ।
सो अवसरमा समितिका संयोजक श्रेष्ठले योमरी पकाएर खाने परम्परालाई प्रवद्र्धन गर्न सो प्रदर्शनी आयोजना गरिएको बताएका छन् । उक्त अवसरमा ज्यापू समाज यलका अध्यक्ष सन्तमान शाक्यले समाजले घरघरमा गएर योमरी माग्ने परम्परालाई वर्षौदेखि निरन्तरता दिँदै आएको र अहिले त्यसलाई परिर्वतन गरी योमरी प्रदर्शनी आयोजना गरिएको बताएका हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।