काठमाडौं।
नेपाल पत्रकार महासंघका अध्यक्षका प्रत्यासी रमेश बिष्टले ताला बन्दीको विरोध गरेका छन् । भावी अध्यक्षमा निर्मला शर्माले विजय हासिल गर्ने सुनिश्चित भइसकेको अवस्थामा अर्का प्रत्याशी बिष्टले महासंघमा गरिएको तालाबन्दीको विरोध गरेका हुन् ।
‘निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ,’ उनले आपत्ति जनाउँदै भनेको छन्, ‘महासंघको पूर्व अध्यक्ष शिव गाँउले र महेन्द्र विष्ट समेतको संलग्नतामा मत गणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छ ।’
उनले अगाडी भने, ‘अछामको पुनः मत गणना गर्न माग गर्दछु । कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोगको आपत्तिजनक छ ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।