काठमाडौं।
नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ । अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा.डा. राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
![](https://usnepalinews.com/wp-content/uploads/2024/12/e0a4a8e0a4b0e0a58de0a4ade0a4bfe0a495e0a4aee0a4be-e0a49ae0a4bfe0a4b0e0a4abe0a4bee0a4b0-e0a4a8e0a497e0a4b0e0a580-e0a4aee0a587e0a4b0.jpg)
मेरुदण्डको हड्डी फुटेको, ढाडको हड्डी खिइएर कुच्चिएको तथा ढाडको नसा च्यापिएकोजस्ता समस्या समाधानका लागि अस्पतालले नयाँ प्रविधिबाट शल्यक्रिया सुरु गरेको हो । यसमा ढाडको छालामा सानो प्वाल पारेर एक्स–रेमार्फत् शल्यक्रिया गरिन्छ ।
यो प्रविधिअनुसार शल्यक्रिया गर्दा चिरफार गर्नु नपर्ने, समय कम लाग्ने, रगत निकै न्यूनमात्रामा बग्ने र भोलिपल्टैदेखि बिरामी हिँडडुल गर्न सक्ने डा. झाले बताए। यस्तै, चिरफार गर्दा बिरामी नियमित काममा फर्कन कम्तीमा ३ साता लाग्ने गरेकोमा मिनिमल इन्भेजिभ स्पाइन सर्जरी गर्दा बिरामी १०–१२ दिनमै नियमित काममा फर्कन सक्ने उनको भनाइ छ ।
![](https://usnepalinews.com/wp-content/uploads/2024/12/e0a4a8e0a4b0e0a58de0a4ade0a4bfe0a495e0a4aee0a4be-e0a49ae0a4bfe0a4b0e0a4abe0a4bee0a4b0-e0a4a8e0a497e0a4b0e0a580-e0a4aee0a587e0a4b0-1.jpg)
मेरुदण्डको समस्या औषधि खाँदा पनि कम नहुने र प्यारालाइसिस हुन थाल्यो भने यो विधिबाट शल्यक्रिया गर्न सकिने डा. झाले बताए । ‘यो नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा संक्रमण पनि हुँदैन र अस्पताल पनि दुई दिनभन्दा बढी बस्नु पर्दैन,’ डा. झाले भने ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।