रामेछाप ।
नेकपा एमालेका नेता तथा समाजसेवी रत्न प्रसाद गौतमले १२ लाख बराबरको न्यानो कपडा वितरण गरेका छन् ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रहेका गौतमले सोमबार विद्यालयमा आयोजित कार्यक्रममा करिब १२ लाख रुपैयाँ बराबरको कपडा हस्तान्तरण गरेका हुन्।
मन्थली नगरपालिकाको मन्थली माविमा नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने करिब १ हजार २ सय विद्यार्थीलाई ट्याक सुट लगायतका १२ लाख रुपैयाँ बराबरका कपडा गौतमले सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीले जानकारी दिए ।
न्यानो कपडा हस्तान्तरण कार्यक्रमका बोल्दै गौतमले विद्यार्थी र अभिभावकलाई पठनपाठनमा उत्प्रेरित गर्न आफूले जिल्ला पार्टी र विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनसँग समन्वय गरी सहयोग गरेको बताए । मन्थली मावि भित्रै कलेज समेत सञ्चालन भएकोले प्राविधिक विषय पढ्ने केही विद्यार्थीहरूलाई समस्या परे आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा सो विद्यालयका पूर्वप्रधानाध्यापक गुञ्जबहादुर श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठ, अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराई, विद्यालयको बाल क्लबकी अध्यक्ष मनसुन लामा लगायतले विद्यार्थीलाई जाडोको बेलामा न्यानो कपडा प्रदान गर्नुभएको भन्दै गौतमको प्रशंसा गरे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।