रौतहट ।
शीतलहरसँगै चिसो बढेपछि रौतहटका पालिकाले विद्यार्थीलाई जोगाउन शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् । बाक्लो शीत झर्नुका साथै चिसो बढेपछि चन्द्रपुर, गौर, इशनाथ फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई लगायतका पालिकाले एक सूचना जारी गर्दै शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
अत्यधिक चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको पालिकाले जनाएको छ । विद्यालयमा विद्यार्थी न्यून मात्रामा आउन थालेपछि विद्यालयको पठन पाठनमा समस्या भएको भन्दै बिदा दिइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।