काठमाडौं ।
नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा माघ १७ गते हेटौंडामा हुने काठमाण्डौं नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा आउँदो माघ महिनाको १७ गते हेटौंडामा हुने भएको छ ।
देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता सगठनका रुपमा गठन गर्न पुष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते प्रारम्भिक साधारण सभा राख्ने निर्णय गरेको हो ।
भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ । उक्त समितिको पूर्ण बैठकले सो प्रारम्भिक साधारण सभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागी रहने संयोजक बिक्रम लिम्बु चेमजोङले बताउनुभयो ।
त्यसैगरी, समितिका सदस्यहरुमा दीपक श्रेष्ठ, गोकर्ण सिलवाल , गंगा प्रसाद अगंजा , गोकुल थापा , रविन्द्र मोहन अधिकारी , लिला भण्डारी , मिना दाहाल,भिमसेन खतिवडा , भरत बुढाथोकी , रुपचन्द्र थापा , रोसा श्रेष्ठ , राष्ट्रमान श्रेष्ठ , कैलास भट्ट , ध्रुब अधिकारी , बिक्रम मण्डल , रुपचन्द्र नौलाखा , ध्रुब बहादुर गौतम , अमराज लामा रहेका छन् । उक्त समितिको बैठकले भरत लकाई र देव नारायण चौलागाई रहेको दुई सदस्यीय कानुनी सल्लाहाकार समिति समेत गठन गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।