काठमाडाैं ।
विशाल बजार व्यापार संघको ४० औं कार्यकारिणी समितिको निर्वाचनबाट विजयी पदाधिकारीले बुधबार पदभार ग्रहण गरेका छन् ।
विशाल बजार व्यापार संघको ४० औं कार्यकारिणी समितिको अध्यक्षमा भीम प्रसाद शर्मा, निवर्तमान अध्यक्ष नरेन्द्र कुमार गुप्ता, उपाध्यक्षमा लिला राज त्रिपाठी, महासचिवमा राजु मानन्धर, कोषाध्यक्षमा निरेण शाही सचिवमा राजेन्द्र श्रेष्ठ सह, कोषाध्यक्षमा राजु शाही, प्रमुख बजार व्यवस्थापनमा ध्रुव कुमार श्रेष्ठ, जनसम्पर्कमा महेन्द्र महर्जन (डंगोल), बजार व्यवस्थापनमा अर्जुन श्रेष्ठ,
जन सम्पर्कमा सुरज श्रेष्ठ र का.स.स.मा सचिन उपाध्यायले पदस्थापन गरेका हुन्।
संघको ४० औं वार्षिक साधारण सभा तथा रिक्त ११ जना कार्य समिति सदस्यहरुको निर्वाचन गत पौष २७ गते शनिबारका दिन सम्पन्न भई उक्त सभाबाट सदस्यहरु निर्वाचित भएका थिए ।
संघको सम्पूर्ण निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई संघका पूर्व सचिव तथा वरिष्ठ सल्लाहकार शुभाष प्रसाद पाण्डेबाट शपथ ग्रहण गराइएकाे थियाे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।