काठमाडौं ।
नेपाली सेनाद्वारा रौतहट जिल्लाको गरुडा-५ स्थित महम्दपुर स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

चार दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा करिब छ सय जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हाे ।

नेपाली सेनाको विरदल गणले तिलगंगा आँखा प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुसहितको प्राविधिक सहयोग तथा रौतहटका स्थानीय निकायहरुसँगको समन्वयमा पौष २८ गतेदेखि सुरु गरिएकाे थियाे ।

चार दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा करिब छ सय जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएकाे सेनाले जनाएकाे छ ।

यस्तै, पौष २१ गतेदेखि पौष २७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा ६ दिने स्क्रिनिङ्ग क्याम्प सञ्चालन गरी करिब तीन हजार जनाको आँखाको स्क्रिनिङ्ग पश्चात् शल्यक्रिया गरिएकाे थियाे ।






यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।