काठमाडौं ।
राष्ट्रिय युवा परिषद्को प्रमुख प्रशासकीय अधिकृत चन्दा थापाले युवाहरुलाई सशक्त बनाउन राष्ट्रिय युवा परिषद् सधै युवाहरुको साथमा रहेको बताएकी छन् ।
अक्सफाम नेपालद्वारा सञ्चालित युवासँग हाम्रो सहयात्रा परियोजना कार्यक्रममा उनले यस्तो बताएकी हुन् । यस परियाेजनाले कला संस्कृति संरक्षण गर्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् । उक्त परियोजनाले युवाहरूमा शिक्षा, प्राविधिक तालिम, र कला संस्कृति संरक्षण गर्न उनीहरूलाई आत्मनिर्भर र सशक्त बनाउन मदत पुर्याएकाे बताएकी छन् ।
कार्यक्रमको प्रमुख अतिथि चर्चित अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौला अक्सफाम नेपालले युवाहरुलाई राम्रो अवसर दिएको बताएकी छन् । युवाहरुले स्वदेशमै बसेर आफ्नो कला संस्कृतिलाई संरक्षण गर्ने अब युवाहरूकाे ठूलाे भुमिका रहने बताएकी छन् । कर्णालीको मौलिक कला, संस्कृति संरक्षण र प्रर्दशन गर्ने हो भने युवाहरू बिदेशिन नपर्ने बताएकी छन् ।
यस्तै कार्यक्रमा बाेल्दै युवालयका अध्यक्ष धर्मराज रिमालले किशोरी र युवालाई शिक्षा, प्राविधिक, वित्तीय सीपमा सशक्त बनाउन र कला संस्कृति संरक्षण युवासँग हाम्रो सहयात्राको परियोजना सञ्चालन गर्दै आइरहेको बताए । हाल युवालयले, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका केहि पालिकाहररुमा युवा विकास गतिविधि गरिरहेको युवालयका अध्यक्ष रिमालले बताए । यसै अन्तर्गत “युवासँगको हाम्रो सहयात्रा “परियोजना कणालीको दैलेख (भगवतीमाई गाउँपालिका र दुईश्वर गाउँपालिका) र सुर्खेत (वीरेन्द्रनगर) तथा सुदुरपश्चिमको चम्कीचुहा नगरपालिकाका युवाहरूलाई सिपमुलक तालिम दिएकाे जानकारी दिए । यस परियोजनाले विशेषगरी स्थानीयस्तरमा रहेका मौलिक तथा लोक संस्कृति जगेनां गर्दै युवाहरूलाई आयआर्जनको क्षेत्रमा अग्रसर गराउन युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । यस परियोजनालाई कोरियाको वाइजी इन्टरटेन्टमेन्टको आर्थिक एवं अक्सफामको प्राविधिक सहयोग रहेको छ । युवाहरूको नयाँ र उदायमान सवालमा उनीहरूलाई चासो उत्सुकता जगाउने, युवाहरूका मुद्दालाई सामूहिक रुपमा वकालत गर्ने, युवाहरूको शिक्षा, प्राविधिक, वित्तिय सीप तथा मानव अधिकारको साथ किशोर–किशोरी र युवालाई सशक्त गराउने उद्देश्यका साथ स्थापित गर्न वकालतः तथा पैरवी गर्ने एक गैह्र सरकारी संस्था रहेकाे बताए । युवा विकास गतिविधि र मुद्दाहरूलाई युवालयले प्रमुख दायित्वका रुपमा लिएर अगाडी बढिरहेको जानकारी दिए ।
उस्तै युवालयका कार्यकारी निर्देशक संजीव अधिकारीले मौलिक कला र संस्कृति संरक्षणसँगै आगामी दिनमा उनीहरूले सिकेका कलालाई प्रदर्शन गर्दै आयआर्जनमा जोडिन समेत सहज हुने बताएका थिए । कार्यक्रमा १४ महिनादेखि सुरू भएकाे युवासँग हाम्राे सहयात्राकाे रिपाेर्टबारे पनि डिजीटल बाेर्डमा देखाएर जानकारी गराएका थिए ।
कार्यक्रममा सामाजिक रुपान्तरण र सांस्कृतिक संरक्षणमा युवाहरुको संलग्नताको महत्व बारे प्यानल छलफल पनि गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न संस्कृति प्रस्तुति देखाउँदै भव्य रुपमा सम्पन्न भएकाे गरिएकाे थियाे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।