११ असोज , बर्दिया – १८ वर्षमुनिको साफ च्याम्पियनसिपमा भारतलाई २–० ले हराएर नेपालले उपाधी जितेको छ ।
भुटानको थिम्पुमा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमै नेपालका दिनेश हेन्जनले गोल गरेका हुन् । खेलको ३७ औँ मिनेटमा गोल गर्दै हेन्जनले नै अग्रता दोब्बर पारेका थिए । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक रहेको खेलमा गोल हुन सकेन र नेपाले २–० ले खेल आफ्नो पक्षमा पारेसँगै उपाधी जित्यो ।