काठमाडौं ।
देशका पाँच जिल्लावाट अबैध लागु औषधसहित १७ जना पक्राउ परेका छन ।
नेपाल प्रहरीका अनुसार सुर्खेत, बीरेन्द्रनगर नगरपालिका– २ टेम्पुपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम २२ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय महेन्द्र रावत समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले महेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
उता, कैलाली, टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका–५ बसन्ता बस्ने २७ वर्षीय कमल रावललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कालाकुन्डा र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलालीकै गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ६० मिलिग्राम र नियन्त्रित लागू औषध नाईट्राजेपाम ९० ट्याब्लेटसहित कञ्चनपुर कृष्णपुर नगरपालिका–६ मौरीफाँटा बस्ने २५ वर्षीय बिरेन्द्र भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै, कैलालीकै धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय पुरन सिंह ठकुर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका–२ बर्गर हाउस नजिकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित गौरीगंगा नगरपालिका–११ बस्ने २१ वर्षीय निरञ्जन चौधरीसमेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उता, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१५ गोवरैयाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय करन राना क्षेत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा जिल्लाको सिरहा नगरपालिका–१७ भन्सार गेट छेउबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ५ ग्राम २ सय मिलिग्रामसहित गोलबजार नगरपालिका–७ बस्ने २५ वर्षीय हृदय सिंह र सोही नगरपालिका–८ बस्ने २२ वर्षीय धर्मेन्द्र यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिराहाबाट खटिएको प्रहरीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
र, धनकुटा नगरपालिका– ७ मोटीटोलीबाट नियन्त्रित लागूऔषध स्पास्पेन २७ ट्याब्लेट र ट्रामाडोल १७ ट्याब्लेट सहित सोही नगरपालिका–७ बस्ने २१ वर्षीय किरण राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।