उदयपुर ।
बागमती युवा क्लब दशौं संस्करणको नारदमुनी गोल्डकपको उद्घाटन खेलमा विजयी भएको छ । उद्घाटन खेलमा संकटा एफसीलाइ १–० गोलले हराउँदै .बागमती युवा क्लब विजयी भएको हो ।
पहिलो हाफ दुबै टोलीले गोल रहित बराबरी खेलेका थिए। खेलको दोश्रो हाफको इन्जुरी समयमा बागमती युवा क्लबलाई जित दिलाउन सनम धिमालले गोल गरे । निर्धारित ७० मिनेटको खेलको इन्जुरी समयको दोश्रो मिनेटमा गोल गर्दै बागमती युवा क्लबलाई जर्सी नम्बर १४ का धिमालले जित दिलाएका थिए ।
आज भएको खेलमा म्यान अफ दी म्याच बागमती युवा क्लब जर्सी नम्बर १४ का सनम धिमाल भए । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई र चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले गर्नु भएको थियो ।
उद्घाटन खेललाई सम्बोधन गर्दै राईले इतिहासको एक योद्धा नारदमुनी थुलुङ्गको सम्झना प्रतियोगिता आयोजना गरेर त्यसलाई निरन्तरता दिनु गौरवको कुरा भएको भन्दै अब यसलाई बचाई राख्न सबै पक्षलाई आग्रह गर्नु भयो ।उहाँले नारदमुनी रंगशालालाई आधुनिक रंगशालाको रुपमा बिकास गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।