काठमाडौँ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाडौँमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले खौलालाँकुरी– काठमाडौँ सम्पर्क समाज गठन गरिएको छ ।
खौलालाँकुरीबाट काठमाडौँमा आई विभिन्न पेशा ब्यबसायमा संलग्न भएकाहरुको शनिवार सम्पन्न भेलाले युवराज पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाडौँ सम्पर्क समाज गठन गरेको हो ।
खौलाबाट काठमाडौँमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले सम्पर्क समाज गठन गरिएको हो ।
तर्दथ समितिको रुपमा गठन गरिएको समितिको सचिवमा टिका कार्की, कोषाध्यक्षमा लोकराज सुवेदी रहेका छन् ।
समितिका सदस्यहरुमा किर्तिनाथ सुवेदी, झलक चालिसे, होमनाथ सुवेदी, कुलप्रसाद चालिसे, निलकण्ठ चालिसे, खगेन्द्र सुवेदी, रामचन्द्र सुवेदी, अनिल सुवेदी, अमृत सुवेदी, सन्तोष सुवेदी, अर्जुन सुवेदी, यज्ञप्रसाद सुवेदी, कुलबहादुर क्षेत्री , दिपेन्द्र चालिसे लगायत रहेका छन् । समाजको कानुनी सल्लाहकारमा हिराबहादुर कार्की रहेका छन् ।
समाजले बृहत भेला आयोजना गरेर समाजलाई व्यवस्थित बनाउने तथा खौलालाँकुरीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सहयोग पु¥याउनका लागि सरकारी तथा गैह्र सरकारी क्षेत्रसँग समन्वय र पहल गर्ने अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।