लमजुङ ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरुरी रहेको बताएका छन्। लमजुङस्थित वडा ८ मा रहेको सिमलचौर भूमिगत सिचाइ अन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरुङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गरे।
“पूर्वाधार बनाउने काम सरकारको हो भने विकासको गतिविधि गर्ने काम तपाईहरुको हो”, उनले भने । यो वर्ष लमजुङ जिल्लाको घर घरमा टेलिफोन र इन्टरनेट पुर्याउने काम गर्ने समेत उनले प्रतिबद्धता जनाए।
बोरिङ सिचाइ आएपछि यसको भरपुर सदुपयोग गर्न समेत उनले आग्रह गरे। नपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अहिलेको सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको समेत जानकारी दिए। उनले बिग्रिएको र भत्किन लागेको मुलुकलाई सुधार्न दुई ठुला दल गठबन्धनमा आएकाले सरकार ढल्छ कि ढल्दैन भन्ने विषयमा चिन्ता नगर्न समेत आग्रह गरे।
“२०७७ मा केपी शर्मा ओलीको सरकार ढलेपछि मुलुकमा निकै अस्थिरता भयो। सोही कारण अहिलेसम्म केही काम भएन। सरकार त छ तर, काम गर्न सकेको थिएन । एक वर्षमा चार वटा सरकार बन्यो । राजनीतिक अस्थिरताले गर्दा सरकार पिच्छे बजेट ल्याउने र अलपत्र पार्ने भयो” , उनले भने, हाम्रो न राजस्व उठ्यो न खर्च हुन सक्यो । यी सबै समस्या समाधान गर्न अहिलेको सरकारले अभ्यास गरिरहरकोछ।”
बर्खेपानीको भरमा खेती गर्नु पर्ने अवस्था अहिले बोरिङ आएपछि समाधान हुने स्थानीयले विश्वस्त भएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।