![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a48fe0a4a8e0a4b8e0a580e0a4ace0a580-e0a495e0a4a8e0a58de0a4abe0a4b0e0a587e0a4a8e0a58de0a4b8e0a4aee0a4be-e0a4b8e0a4b9e0a4ade0a4bee0a497.gif)
काठमाडौं।
इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने २०औं ‘हेड अफ एनसीबी कन्फरेन्स’मा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ।
हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा ‘सिनारिओ अफ क्राइम अगेन्सट चाइल्ड’ विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको विषयमा छलफल हुने बताइएको छ।
इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूका एनसिबि प्रमुखहरु, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा क्षमता विकासका विषयहरुमा एसिया एन्ड द साउथ प्यासिफिक रिजनल राउन्ड टेबल मिटिङ पनि हुने बताइएको छ ।
इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने यो कन्फरेन्स २०२५ फेब्रुअरी ११ देखि १३ सम्म लियोनमा हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक कोमल शाह समेत सहभागी हुनेछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।