![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4a1e0a4ace0a58de0a4b2e0a581e0a48fe0a49ae0a493e0a587-e0a4a6e0a495e0a58de0a4b7e0a4bfe0a4a3-e0a4aae0a582e0a4b0e0a58de0a4b5e0a580.jpg)
काठमाडौँ।
नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्थापना गरेको दक्षिण पूर्वी एशिया क्षेत्रीय आपतकालीन कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ ।
यस क्षेत्रका सदस्य देशहरुलाई स्वास्थ्य आपतकालीन अवस्थाको तयारी तथा प्रतिकार्यका लागि स्थापित कोषमा नेपालले सो रकम सहयोग गरेको हो ।
डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रका निर्देशक साइमा वाजेदले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई पत्र लेख्दै कोषमा नेपालको तर्फबाट भएको योगदान प्रति धन्यवाद व्यक्त गरेकी छन् । उनले पत्रमा नेपालले विभिन्न मञ्चमा क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषको कुशलतापूर्वक नेतृत्व गरेको भन्दै प्रशंसा समेत गरिन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।