![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4aae0a58de0a4b0e0a587e0a4b8-e0a49ae0a58ce0a4a4e0a4bee0a4b0e0a580-e0a4b0e0a581e0a4aae0a4a8e0a58de0a4a6e0a587e0a4b9e0a580e0a495e0a58b.jpg)
काठमाडौं ।
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित भएकी छन् ।
संगठनको जिल्ला अधिवेशन तथा २६ औँ साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा केशव भण्डारी र समावेशी उपाध्यक्षमा छाया पन्थलाई चुनेको छ ।
त्यस्तै सचिवमा विष्णु घिमिरे, सहसचिवद्वय प्रतीक पौडेल र सत्यनारायण मानन्धर तथा कोषाध्यक्षमा एलिना आचार्य निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए । अधिवेशन उद्घाटन गर्दै बस्नेतले प्रेस चौतारी नेपाल सधैँ भरी श्रमजीवी जनताको पक्षमा रहेको बताए । श्रमजीवीको अधिकारको लागि संगठन सधैँ लडिरहेन उनले स्पष्ट पारेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।