![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a485e0a4b5e0a588e0a4a7-e0a4b2e0a4bee0a497e0a582e0a494e0a4b7e0a4a7-e0a485e0a4abe0a4bfe0a4aee0a4b8e0a4b9e0a4bfe0a4a4-e0a4a6e0a581.jpg)
बारा।
जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध अफिम करिब १३ किलोग्राम र नगद १ लाख ३३ हजार ६ सय ५५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ५४ वर्षीय सुर्य बहादुर मोक्ताङ र मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने ४५ वर्षीय भिम बहादुर मोक्ताङ रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२-०३-००१ प १६१४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा रहेको १३ वटा पोकाबाट उक्त अफिम फेला पारी चालक सुर्य बहादुर र स्कुटरमा सवार भिम बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।