![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4b8e0a58de0a495e0a581e0a4b2-e0a4ace0a4b8-e0a4a6e0a581e0a4b0e0a58de0a498e0a49fe0a4a8e0a4bee0a4aee0a4be-e0a5ac-e0a49ce0a4a8e0a4be.jpg)
काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिका–५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
साँखु आउँदै गरेको बा२ख ७९५८ नम्बरको सुन्दरीमाई यातायात चावहिल स्थित एसएस एकेडेमीको रिजर्भ आएको बस बे्रक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरी र सुसांक डोटेल रहेका छन् भने दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये चार जनाको शंखरापुर अस्पताल र अरु दुई जनाको नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।