
काठमाडौं ।
सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ ।
भैसीलाई घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।