काठमाडौँ।
सशस्त्र प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका – ६ जोरपाटी नयाँ बस्तीबाट पोलाइन्ड नामक लागुऔषध जस्तो पदार्थसहित २ जनालाई बिहीबार नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा स्थानीय एक होटलबाट प्लास्टिकले प्याक गरिएको अबस्थामा ५ किलोग्राम उक्त पदार्थ सहित सिन्धुली जिल्ला घर भइ हाल गोकर्णेश्वर नगरपालिका नयाँ बस्ती -६ बस्ने ३० बर्षिय र रामेछाप जिल्ला मन्थली नगरपालिका -१४ बस्ने २४ बर्षिय गरि २ युवकलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकल समेत सशस्त्र प्रहरीले लिइएको छ ।
यसअघि सशस्त्र प्रहरीले गत भदौ २२ गते पनि काठमाडौ महानगरपालिका – ३२ कोटेश्वरबाट उल्लेखित परिणामको सोही लागुऔषध जस्तो पदार्थसहित कञ्चनपुरका एक युवकलाई नियन्त्रणमा लिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।