
नवलपरासी ।
पूर्व पश्चिम महेन्द्र राजमार्गकाे बुटबल नारायणगढ खण्डस्थित खर्कट्टा जंगलमा शनिबार राती भएकाे माेटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा देवचुली १६ नयाँ बजारका २९ वर्षीय केशव महताे रहेका छन् । पश्चिम कावासाेतीबाट रजहर तर्फ जाँदै गरेकाे अवस्थामा राती सवा ९ बजे राजमार्ग किनारमा राेकि राखेकाे लु २ ख ४१६६ नम्वरकाे टिपरसँग ठाेकिएर उक्त दुर्घटना भएकाे बताइकाे छ ।
दुर्घटनामा घाइते भएका महताेलाई घटना स्थलबाट करिव ५ किमि पश्चिम मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकाेमा चिकित्सकले राती ९:२५ मा उनलाई मृत घाेषणा गरेका थिए ।
प्रहरीले दुर्घटनामा परेकाे ना ३८ प १२७५ नम्वरकाे माेटरसाईकल, टिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।