
काठमाडौं ।
जीआई सोलारले आइपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको छ ।
कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति मागेको हो । धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३६० रुपैयाँबराबरको आइपीओ ल्याउनेछ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।