
काठमाडौं।
नेपाली बजारमा सुनको भाउ आइतबार एकैदिन २७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ७० रुपैयाँ कायम रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।