१६ असोज , नेपालगञ्ज – बाँकेको नेपालगञ्ज-खजुरा सडकखण्डमा ना ४ ख १०९४ नम्बरकोे बस र ना २ ख ९३६० नम्बर ट्रक गएराति जुध्दा एक जनाको मृत्यु भएको छ र २३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत रूपैडिहाका राम मनाेहर शर्मा रहेको बाँके प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनाको अवस्था गम्भीर छ । एक जनालार्इ लखनउ रिफर गरिएको छ भने ९ जनाको मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरू अरू सबै उपचार पछि घर फर्किएका प्रहरीले जनाएको छ ।