
मुगु ।
मुगुमा हिउँदमा पानी र हिउँ नपर्दा जिल्लामा हिउँदे बालीको लागि आवश्यक पानी नपरेपछि किसानहरु चिन्तित भएका छन् ।
फागुन महिना लागि सक्दा पनि पानी नपर्दा बालीको वृद्धि विकास नहुने चिन्ताले किसानहरु पिरोलिएका छन् । मुगुको ग्रामीण भेगका किसानहरुले हिउँदे बालीअन्तर्गत गहुँ र जौ बाली लगाएका छन् । तर आवश्यकता अनुसार पानी नपर्नाले बालीलाई नकारात्मक असर परेको किसानहरुले बताएका छन् ।
छायानाथ रारा -१का किसान कृष्ण बहादुर मल्ल विगतका हिउँदमा मौसम अनुसार समयमा हिउँ पर्ने र हिउँ पर्न नसके पानी पर्थियो, यो बर्ष भने फागुन लागि सक्दासम्म हिउँ पनि परेन, पानी पनि परेन जसका कारण हिउदे बाली जौ र गहुँको हिउँद याममा अहिलेसम्म पानी नपर्दा बालीको वृद्धि विकास रोकिएको उनको भनाई छ ।
यस्तै सोरु गाउँपालिका-८का कृषक कालिबहादुर कामी पनि किसानहरुले लगाएको बालिमा हालसम्म पानी र हिउँ नपरेका कारणले पाखामालगाएको गहुँ र जौलगायतका बालीमा समस्या भएको र यसले गर्दा उत्पादनमा कमी हुने र हिउँद याममा आकाशे पानीको भरमा रहेका मुगुका किसानहरु पानी नपर्दा समस्या भएको किसानको गुनासो छ । हिउँदमा समयमा पानी र हिउँ नपर्दा उत्पादनमा कमि आएर भोकमरी हुने चिन्ता किसानले गरेका छन ।
हिउँदे बालीहरू चिसो र हिउँ पानीमा वृद्धि विकास तथा फस्टाउने गर्दछन् । तर यश पटक हिउदे बालिलाई हिउँ नपर्दा उत्पाद्न घट्न सक्ने बताएको छ । मुगुमा यसपटक पुस,माघमा हिउँ नपरेकाले बेसी त के मुगुका हिमाल पनि कालापथरमा परिणत भएका छ्न् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।