
मेष: दिन अनुकूल देखिँदैन । रोगको भय, काममा बाधा, आर्थिक नोक्सानी हुन सक्छ ।
वृष: धन लाभ, मान–सम्मान बढ्ने, समस्याको समाधान, वाहन–सुख हुने देखिन्छ ।
मिथुन: समय शुभ छ । आर्थिक लाभ, विजय, धन लाभ, प्रतियोगितामा सफलता हुन सक्छ ।
कर्कट: गरेको काम असफल, वायु विकार, शोक–सन्ताप हुन सक्छ । सतर्क रहनु नै बेस ।
सिंह: दिन अनुकूल नभएकाले पेटको समस्या, विवाद, दिनचर्या अस्तव्यस्त हुन सक्छ ।
कन्या: समय शुभ छ । आर्थिक लाभ, पढाइ–व्यवसायमा सफल, मान बढ्ने सम्भावना छ ।
तुला: सतर्क रहनुहोला । निरर्थक खर्च, मानसिक चञ्चलता, नेत्र विकार हुन सक्छ ।
वृश्चिक: तपाईंका लागि दिन उत्तम छ । उपहारादि वस्तु प्राप्ति, धन लाभ, कार्यसफल होला ।
धनु: समय अनुकूल नहुँदा धन नाश, दुर्घटनाको सम्भावना, वादविवाद, खर्च वृद्धि हुन सक्छ ।
मकर: सानै प्रयासमा विविध लाभ, पारिवारिक सुख, मिष्ठान्न भोजन हुने सम्भावना छ ।
कुम्भ: समय शुभ फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, आनन्दको अनुभूति हुने देखिन्छ ।
मीन: राजनीतिक असफलता, राज्यभय, मान–प्रतिष्ठामा आँच आउन सक्छ । सतर्क रहनुहोला ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।