काठमाडौँ।
फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले शनिवार नेपाल- चीन सम्बन्ध र नेपालको आधुनिक विकास विषयक गोष्ठी सम्पन्न गरेकाे छ ।
गाेष्ठिमा फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष शाेभित उप्रेतीले नेपालले छिमेकीबाट सिक्दै प्रविधिको अधिक उपयोग गरेर आर्थिक विकासमा अघि बढ्नु पर्ने बताए ।

अध्यक्ष उप्रेतीले परिवर्तित अवस्थामा सोही अनुसार आर्थिक विकासका माेडल अघि बढाईएन भने मुलुक अघि बढ्न नसक्ने बताए ।
कार्यक्रममा आईटि विज्ञ वसन्त पन्तले आर्थिक विकासमा प्रविधिको महत्त्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश याेजना आयाेगका सदस्य डा. सुदन कुमार ओली, डा. केशव बस्याल, लालकृष्ण केसी, पत्रकार ठाकुर बेलबासे, तारा बस्याल लगायतले नेपाल- चीन सम्बन्ध र त्यसले नेपालको आर्थिक विकासमा पुगेकाे याेगदानकाे विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा आईटि क्षेत्रका विज्ञ, राजनीतिकज्ञ, सामाजिक अभियन्ता, पत्रकार लगायतकाे सहभागिता रहेकाे थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।