
ललितपुर ।
तथागत गौतम बुद्धको शान्ति शिक्षालाई संगीत मार्फत प्रस्तुत गर्ने ज्ञानमाला भजन अभियानले बुद्धको ज्ञान मार्फत मानिसहरुमा सकारात्मक सोच र शान्ति स्थापना गर्न टेवा पु¥याएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।
नेपाल राष्ट्रिय ज्ञानमाला समिति अन्तर्गत ललितपुर क्षेत्रीय उपसमितिको छैटौं वार्षिकोत्सव र एक दिवसीय ज्ञानमाला भजन प्रस्तुती समारोहका वक्ताहरुले सो कुरा बताएका हुन्। समारोहको उद्घाटन गर्दै भिक्षु भद्दीय महास्थविरले बुद्धको ज्ञानलाई जनजनमा फैलाउने उद्देश्य संगठित समितिले देशव्यापी रुपमा काम गरिरहेको सराहना गरे ।
सो अवसरमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जीवनको सार्थकता र आनन्दको लागि बुद्धको ज्ञान सुुनेर त्यसको पालना गर्नुपर्नेमा जोड दिए ।
उनले यस अभियानमा नगरपालिकाले साथ र सहयोग दिने प्रतिबद्धता व्यक्त गरे । समारोहमा समितिका केन्द्रीय अध्यक्ष रमणा श्रेष्ठले बुद्धजन्मभूमी नेपालमा ज्ञानमाला भजनको अभियानले मानिसहरुको व्यवहार परिर्वतनदेखि लिएर मैत्री, करुणामा आधारित समाज बनाउन महत्वपूर्ण टेवा पु¥याएको बताए।
गायिका समेत रहेका श्रेष्ठले देशभर छरिएर रहेका ज्ञानमाला भजन समूह, संघसंस्थालाई एकताबद्ध गरी आध्यात्मिक चेतसंगै भजनको गुणस्तर बढाउन समिति क्रियाशील रहेको पनि बताउनुभयो।सो समारोहमा समितिका महासचिव इन्द्रमुनि शाक्यले ज्ञानमाला भजनको राष्ट्रिय अभियान बुद्धको ज्ञानको फैलाउन प्रभावकारी अभियान ठहरिएको धारणा राखे।
गीतसंगीत मार्फत भजनको प्रस्तुतले जोकोहीले पनि बुद्धको ज्ञानलाई बुझ्ने सक्ने यस अभियानको विशेषता रहेको महासचिव शाक्यको कथन रहेको छ।
ललितपुर क्षेत्रीय उपसमितिका संयोजक ईश्वरराज बज्राचार्यका अनुसार ललितपुरका २५ वटा ज्ञानमाला भजन समूहले भजन प्रस्तुत गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।