
काठमाडौँ।
लागुऔषध नियन्त्रण व्यूरोले पाँच लाख ६४ हजार ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ। औषधी जन्य मनोद्दिपक पदार्थविरुद्द व्यूरोले संचालन गरेको विशेष प्रहरी कारवारहीको क्रममा दुई जनालाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेमा ललितपुर माहाङकाल न.पा. ४ बस्ने ३३ वर्षीय सुधीर लामिछाने र पर्साको महुवन गा.पा. वडा नं.६ स्थायी घर भएका ३८ वर्षीय साईमन बनवारी रहेका छन्।
उनीहरु मध्ये सुधीर लामिछानेलाई ट्रामाडोल ३०,००० क्याप्सुलसहित का.म.न.पा. १४ बाट र साईमन बनवारीलाई काठमाडौँको टोखा-४ स्थित बिक्री वितरण गर्न राखेको गोदामबाट ट्रामाडोल ५,३४,१०० क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुमाथि लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।