
काठमाडौँ।
प्रहरीले पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
आरोपीहरुले सिक्री लुट्न खोज्ने र लागु औषध गाँजा खाएर होहल्ला गर्ने जस्ता गतिविधि गरेको पाईएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । पक्राउ पर्नेहरु सबै पुरुष हुन् । उनीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
पशुपतिनाथ मन्दिर क्षेत्रमा बोहराकै कमाण्डमा ४ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।