
काठमाडौं ।
रियल म्याड्रिडले कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा रियल सोसियडाडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा खेलको १९औँ मिनेटमा एन्ड्रिकले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । अब दोस्रो लिग अप्रिल २ मा हुने छ । यसअघि सम्पन्न अर्को सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना र एटलेटिको म्याड्रिड ४-४ गोलको बराबरी खेलेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।