
काठमाडौं ।
सामाजिक सुरक्षा कोषका संचालक, नगर विकास कोषका पूर्व अध्यक्ष तथा निर्माण व्यवसायी ध्रुव रिजाललाई पितृ शोक परेको छ ।
लामो समयदेखि अर्बुद्ध रोगबाट पीडित रिजालको पिता पद्मनाथ रिजालको ८४ बर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको हो । दक्षिण एसियाली महिला विकास मन्चकी अध्यक्ष प्रमिला रिजालका ससुरा बुवा समेत रहेका रिजालको बुधवार राती पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।
स्व. रिजालका एक छोरा, एक छोरी र श्रीमती रहेका छ । स्व. रिजाललाई श्रद्धान्जली दिन बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु आर्यघाट पुगेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।