नवलपरासी ।
नवलपरासी पूर्वकाे विनयी त्रिवेणी २ स्थित महेन्द्र राजमार्गकाे एस माेडमा शनिबार विहान यात्रुबस पल्टदा ६ जनाकाे मृत्यु भएकाे छ भने १० घाईते भएकाछन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाए अनुसार मृत्यु हुनेमा जिल्ला जाजरकाेट भेरीगंगा नगरपालिका ३ निवासी ५० वर्यीय निर्जुङ्ग खत्री रहेकाछन् । मृतक मध्ये ५ जनाकाे परिचय खुलेकाे छैन् ।
त्यसै गरि घाइते १० यात्रुलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकाे छ ।जिप्रका नवलपरासी पूर्वका सुचना अधिकारी प्रनाउ अनिल पण्डितका अनुसार नेपालगञ्जबाट काठमाडौं आउदै गरेकाे प्रदेश ३-०१-००६ ख १५५३ नम्बरको बस ओरालो सडकमा डाईभरले नियन्त्रण गुमाउदा पल्टन गएकाे हाे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।
