
काठमाडौं।
जेएम 30 ग्रुप टाेखाका अध्यक्ष शैलेन्द्र डंगोल सम्मानित भएका छन् । टाेखा नगरपालिका वडा ३ निवासी समाजसेवि शैलेन्द्र डंगोललाई दक्षिणकाली नगरपालिका वडा ८ छैमलेमा अवस्थित संस्था भत्तेरचौर शितोरियो कराते डोजोले सम्मानित गरेका हुन्।
जेएम 30 ग्रुप टाेखाका अध्यक्ष शैलेन्द्र डंगोलले दक्षिणकाली नगरपालिका-८ मा अवस्थित भत्तेरचौर शितोरियो कराते डोजोलाई अगाडि बढ्न र युवा समाजसेवीको रूपमा अतुलनीय सहयोग प्रदान गरेको योगदानको कदर गर्दै धन्यवाद स्वरुप डोजोका अध्यक्ष कृष्ण कुमार पौडेल र डाेजाेका प्रमुख सल्लाहकार रघुवीर सिंह साउदले सम्मान पत्र प्रदान गरेका हुन।
सम्मान ग्रहण गरेपछि समाजसेवि शैलेन्द्र डंगोलले भत्तेरचौर शितोरियो कराते डोजोका पदाधिकारी ,प्रशिक्षक र खेलाडीहरुलाई हार्दिक आभार व्यक्त गरेका थिए ।
भत्तेरचौर शितोरियो कराते डोजोले आयोजना गरेको सम्मान कार्यक्रममा डाेजाेका मुख्य प्रशिक्षक सुद्दिप आचार्य, सहायक प्रशिक्षक श्री कृष्ण आचार्य , सहायक प्रशिक्षक अनिल कर्माचार्य,डाेजाेका पदाधिकारीहरु लगायत खेलाडीहरुको उपस्थित थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।