
काठमाडौँ।
राष्ट्रिय तथा निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) को केन्द्रीय अध्यक्षमा सुवास न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । नेशनल प्याब्सनको काठमाडौं सम्पन्न भएको आठौं महाअधिवेशनमा न्यौपानेसहित सम्पूर्ण केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षहरुमा जयबहादुर श्रेष्ठ, याम खड्का, श्याम सिंह मौनी, राम विनय चौरासिया, शम्भुकुमार अधिकारी, उपाध्यक्षहरुमा बिष्णु प्रसाद पराजुली, राजेन्द्र कुमार गुरुङ, रामबहादुर मोची, जयप्रकाश चौधरी, प्रकाश कुमार शर्मा, याशिवा रहमान, तेजराज खनाल रहेका छन् ।
यसैगरी महासचिवमा प्रकाशचन्द्र खड्का उपमहासचिवहरुमा बिष्णुप्रसाद पौडेल, गोविन्दबहादुर खड्का र सत्येशबहादुर चन्द तथा सचिवहरुमा सन्दिप राई, रामबहादुर थापा, बालकृष्ण शर्मा, बालाकृष्ण तिवारी, डम्बरदत्त अवस्थी, सुशील भट्टराई, मनोजकुमार श्रेष्ठ, शरद भण्डारी र वेदप्रसाद पन्त निर्वाचित भएका छन्।
केन्द्रीय समितिको कोषाध्यक्ष खड्गबहादुर बस्नेत तथा सहकोषाध्यक्ष सुमन कुमार चौधरी, र कल्पना काफ्ले (भुषाल) रहेका छन् ।
आठौं महाअधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरुमा हिक्मत दाहाल, नेत्रप्रसाद न्यौपाने, भीष्म पाण्डे, युवराज (युवक) लामिछाने, दिनेश भण्डारी, दिपक भट्ट, झंकरराज जोशी, राजेन्द्रप्रसाद चापागाईं, नेत्रलाल न्यौपाने, सागरकुमार खड्का, जितेन्द्रप्रकाश महतो, सुदर्शन खड्का, विमल गौतम, बिलप्रसाद गुरुङ, भिष्मराज ढकाल, मनोजकुमार साह, श्याम योञ्जन, अग्निप्रसाद ज्ञवाली, विकेश महर्जन, अग्निप्रसाद कोईराला, पुरूषोत्तम बस्याल, सुदिपकुमार कार्की र गेहेन्द्र लामा छन् ।
दुइ दिनसम्म संचालन भएको महाधिवेशनको उद्घाटन गत फागुन १६ गते भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।