
काठमाडौं ।
विवादास्पद छवि बनाएर कहिले नेपाल कहिले अमेरिका डुल्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य मोहन थापालाई अमेरिकन अध्यगमनले पक्राउ गरी अनुसन्धान शुरू गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका निकट पात्र रहेका थापाले नेपालमा घृणाको राजनीति फैलाउँदै आएका थिए । कहिले हुण्डी कहिले मानव तस्करीमा संलग्न रहँदै आएका थापा यसअघि पनि पक्राउ परी कारबाही भोगेका व्यक्ति हुन् ।
अमेरिकी कानुन पालना नगरेको भन्दै अमेरिकाको पेन्सिलभेनिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । त्यहाँको अध्यागमन विभागले थापाले अमेरिकी कानुनको गम्भीर उल्लंघन गरेको बताएको छ । थापालाई अध्यागमनले नेपाल फिर्ता गर्न सक्ने आँकलन गरिएको छ ।
यसअघि अमेरिकी नागरिक बनेका थापा मानव तस्करीमा संलग्न र सवारी नियम उल्लंघन गरेको कसुरमा जेल परेका थिए । उनले अमेरिकी कानुन उल्लंघन गरेको अभियोगमा अमेरिकी सरकारले थापाको नागरिकता खोसेर ग्रिनकार्डमा झारेको थियो ।
रवि लामिछानेलाई हिरासतमुक्त गर्ने कार्यमा ठूलै कसरत गरेर केही दिनअघि कतार हँुदै अमेरिका फर्किने क्रममा पक्राउ परेका थापा गम्भीर अभियोगमा अमेरिकी इमिग्रेसन तथा कस्टम इन्फोर्समेन्ट (आइस)को हिरासतमा रहेका छन् ।
आइसले गहिरो अनुसन्धान गरिरहेकोले उनलाई देश निकालासम्मको सजाय हुन सक्ने कानुन व्यवसायीको भनाइ रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।