नवलपरासी।
राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपाल नवलपुर,नवलपरासीपूर्वकाे भवन निर्माणका लागि गण्डकी प्रदेश प्रतिष्ठानले १ लाख रूपैयाँ नगद सहयोग गरेकाे छ।
राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष एवं लाेक गायक राजन कार्की,वरिष्ठ उपाध्यक्ष लाेक गायिका माया गुरुङसहित कार्य समिति टोली नवलपुर आएर सहयोग रकम हस्तान्तरण गरेकाे हाे ।

सिङ्गाे राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठानकै जन्मभूमि मानिने नवलपुर शाखाले यहाँको कावासाेती नगरपालिका ६ पूर्वटाेलमा वृहद लाेक संस्कृति संग्रहालय सहित प्रतिष्ठान भवन निर्माण अघि बढाएको छ ।
देशकै मध्य भागमा रहेकाे नवलपुर जिल्ला र प्रतिष्ठानकै जननी भूभी भएकाेले पनि भवन निर्माणमा गण्डकी प्रदेश जस्तै देशबिदेशबाट समेत लाेक गीतका पारखी र लाेक संस्कृतिका संरक्षकमनहरूबाट सहयोग आर्थिक सहयोग प्राप्त भई रहेकाे प्रतिष्ठानका जिल्ला अध्यक्ष बुद्धिनाथ घिमिरेले बताए ।
प्रतिष्ठानकाे प्रदेश स्तरीय भेटघाट तथा सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रतिष्ठान संस्थापक केन्द्रीय काेषाध्यक्ष शान्ता न्याैपाने कलाकारहरू सपना परियार,मन्जु बिक,कृष्ण सुवेदी,रामजी पाैडेल,सीता केसी,दुर्गा सापकोटा लगायतको उपस्थिति रहेकाे थियाे ।

बताइए अनुसार लाेक संस्कृतिकाे संरक्षण,स्रष्टाकाे सम्मान र नव प्रतिभालाई प्राेत्साहन गर्ने उदेश्य सहित पूर्वी नवलपरासीकाे अरूणखाेलामा आयाेजित एक सांस्कृतिक कार्यक्रममा वरिष्ठ लाेक गायक अमर विरही गुरूङकाे अध्यक्षतामा राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे स्थापना भएकाे थियाे ।
विरहीसहित हाल सम्म प्रजापति पराजुली, दुर्गा रायमाझी,पुरूषाेत्तम न्याैपाने,चन्द्र शर्मा,बद्री पंगेनी, रमेश बिजी र रिता थापा अध्यक्ष भई प्रतिष्ठान केन्द्रीय समितिको नेतृत्व सम्हाली सकेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।