
काठमाडौं ।
वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आइफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वल्र्डलिंक कम्युनिकेसन्स प्रालिले नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आइफोन १६ उपहार दिने घोषणा गरेको हो ।
१० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा आदरणीय ग्राहक महानुभावहरूको अतुलनीय योगदान रहेको वल्र्डलिंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘हामी १० लाख घरधुरीमा पुग्न सफल भएका छाँै, सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तिमा १० जना सेवा ग्राहीलाई आइफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौँ ।’
७४ जिल्लामा वल्र्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । १० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार कम्तिमा ५० लाख नागरिकको संख्यामा वल्र्डलिंकको सेवा पुग्नु यसैको सफल उदारहण वल्र्डलिंकले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।