
धादिङ ।
धादिङको नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ३ सेमजोङमा ११ वर्षसम्म छाप्रामा बसेको नेपाल प्रहरीले अब पक्की भवन पाएको छ ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामीछाने र बागमती प्रदेश प्रही प्रहरी नायव महानीरिक्षक कृष्णहरी शर्माले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । भवन उद्घाटनसंगै प्रहरी चौकी सेमजोङको सेवा समेत सोहि भवनबाट सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
११ वर्षअघि सेमजोङमा शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरी चौकी स्थापना गरिएको थियो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्राल १ करोड ६४ लाख ३१ हजार २ सय ४१ को लागतमा प्रहरी चौकी सेमजोङ, धादिङको भौतिक संरचनाको निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
दुई चरणमा निर्माण गरेर भवन निर्माण भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिनियोजन गरेको ७१ प्रहरी संरचनाहरुको निर्माण, मर्मत सम्भार गरि हालसम्म ६८ वटा प्रहरी इकाइहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भएको तथा ३ वटा निर्माणाधिन अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री लामीछानेले बताउनुभयो ।
नवनिर्मित भवनको भुई तल्लामाकार्यालय प्रमूख कक्ष, छुट्टा छुट्टै शौचालय सुविधा सहितकोछुट्टाछुट्टै महिलारपुरुष हिरासत कक्ष र गार्ड रुम सहित ४ वटा कोठाहरू ११५ डबर्ग मिटरमा ब्यवस्थापन गरीएकोछ भने यसै भवनको पहिलो तल्लामा छुट्टा छुट्टै शौचालय सुविधा सहित महिला व्यारेक १ वटा, पुरुष ब्यारेक २ वटा र मनोरञ्जन कक्ष समेत रहेको छ
कार्यक्रममा नेत्रावती डबजोङ गाउँ पालिका अध्यक्ष मेघनाथ रिजाल, निमित्त प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश तामाङ लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।